जनकपुरधाम । प्रदेश २ सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रदेश सरकारलाई आफ्नै प्रशासनिक अधिकार राख्ने अधिकार नभएको भन्ने गृहमन्त्री थापाको अभिव्यक्तिप्रति प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले आपत्ति जनाएका हुन् ।
पत्रकारसँग कुरा गर्दै कानूनमन्त्री यादवले भने, ‘उहाँले संविधानको मर्म र हित विपरित अभिव्यक्ति दिनुभएको छ ।’
प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न आएका गृहमन्त्री थापाले शनिवार प्रदेश २ सरकारले आफ्नै ‘सीडीओ’ राख्न खोजेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका थिए ।
सीडीओ राख्ने अधिकार प्रदेशलाई नभएको गृहमन्त्री थापाको दाबी थियो । तर, गृहमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कानूनमन्त्री यादव भन्छन्, ‘गृहमन्त्रीज्यूसँग सोध्न चाहन्छु, संविधानको कुन धारा अनुसार यस्तो बोल्नुभएको हो ?, म उहाँसँग बिनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, कृपया संविधानको अध्ययन गरेर बोल्ने काम गर्नुस्, यसरी संघियता र गणतन्त्रको मर्म विपरित कुरा नगर्नुस् ।’
साथै उनले गृहमन्त्री थापालाई संविधानको अनुसूची ६ को १ अध्यन गर्न अनुरोध समेत गरे ।
‘यो अनुसूचीमा के लेखिएको छ, त्यसको अध्ययन गर्नुस्’ मन्त्री यादवले भने ।
‘के संविधानमा प्रदेशले शान्ति सुरक्षा कायम गर्नका लागि आफ्नै प्रहरी र प्रशासन राख्ने व्यवस्था गरिएको छैन् ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया