काठमाडौं । चिनियाँ कम्पनि बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधनमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेको छ । पत्रमा बेइजिङ चाइना एयर रेल ग्रुपले काठमाडौंमा ‘स्काई’ रेल चलाउने इच्छा व्यक्त गरेको छ ।
गत चैत १५ गते काठमाडौंको होटल सोल्टीमा दुई दिन चलेको लगानी सम्मेल सकिएको भोलिपल्टै चैत १७ गते चिनियाँ कम्पनि बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री ओलीलाई पत्र लेखेको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा काठमाडौंमा ‘स्काई’रेल चलाउने इच्छा देखाएको र सीसीएआरले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया