काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारमाथि भइरहेको ज्याजतिबारे बोल्दै सरकारको चर्को आलोचना गरेका छन् ।
आइतवार नेपाल पत्रकार महासंघको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको बताउँदै सरकारको चर्को आलोचना गरेका हुन् ।
उनले भने, ‘अदालत परिसरभित्र गएर पत्रकारहरुलाई पक्राउ गर्न मिलेन नि त ।’
साथै सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दाबी पनि गरे ।
सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले शुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए ।
महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानून, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।
गत आइतवार पत्रकार जितेन्द्र महर्जन रिहा हुनासाथ सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ थिए ।
उनको रिहाईको माग गर्दै महासंघको टोली ज्ञापनपत्र बुझाउन देउवा निवास पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया