१३ मङ्सिर २०८०, बुधबार

त्रिशूली बस दुर्घटनाप्रति एमाले र माओवादी केन्द्र दुःखित

२०७४,कार्तिक,११,शनिवार १६:०६

0
Shares

काठमाडौँ, ११ कात्तिक – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज विहान धादिङको त्रिशूली नदीमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी दिवंगत हुनुभएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति दुवै पार्टीले गहिरो समवेदना प्रकट गरेका छन् एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक शोक वक्तव्य प्रकाशित गर्नु भई शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गरेको शोक वक्तव्यमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा गम्भीर पहल गर्न सरकारसँग माग गर्दै उद्दार र उपचारको आवश्यक पहल गर्न पार्टी पक्तिलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८