माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

लोकपथ
169
Shares

काठमाडौंं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।

उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रायोजन गरेको हो । SXC SANDBOX एक IT सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम SXC SANDBOX लाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी Innovation सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्नेछ ।

जसले गर्दा बैंकले IT विषय लिई अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?