काठमाडौं । नेपालले चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रि परियोजना बेल्ड एण्ड रोड इनिसियटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय फोरममा राखेको प्रस्ताव पारित भएको छ ।
चीनको राजधानी बेइजिङमा गत शुक्रवार र शनिवार आयोजित बीआरआई सम्मेलनमा नेपालको प्रस्तावलाई समेटिएको हो ।
शनिवार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६२ वटा परियोजनाहरु उल्लेख गरिएको छ भने त्यसमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धीत ३५ वटा परियोजना छन् ।
सो परियोजनाहरुमध्ये २३ औँ बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।
बेइजिङमा दुई दिनसम्म चलेको बीआरआईको दुई दिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागीता रहेको थियो ।
सम्मेलनले ३८ बुँदे सामूहिक प्रतिबद्धता सार्वजनिक गरेको थियो ।
‘नेपाल चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क, जसमा नेपाल–चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ ।’ ‘एनेक्स’को २३ औँ बुँदामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया