विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हालै सम्पनन राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले उठाएका उम्मेदवारमाथि भएको घात र धोका सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।उनले यो धोकालाई गम्भीर रूपमा लिएको र छानबिन गरिने बताएका हुन् ।
समुदायमा कांग्रेस अभियानअन्तर्गत प्रतिनिधिका रूपमा इलाम पुगेका उनले निर्वाचनका बेला भएको धोकालाई पार्टीले गम्भीर रुपमा लिएको भन्दै छानबिन गर्ने बताएका हुन् ।माघ ११ गते भएको निर्वाचनमा कोशी प्रदेशमा गठनबन्धनबाट उम्मेदवारी दिएका कांग्रेस उम्मेदवारले जितेका थिए भने माओवादी उम्मेदवार पराजित थिए ।
कोशी प्रदेशलगायत देशैभर केही अन्तर्घात भएको भन्दै उनले गठबन्धनमा सामेल भएपछि मिलेर जानुपर्ने तर धोका दिनु नहुने बताए विश्वकर्माले सरकारमा पुगेपछि जनप्रतिनिधिले सपना पूरा गर्नभन्दा पनि योजना बनाउनतिर लाग्नुपर्ने पनि बताए । धेरै जनप्रतिनिधि लाभको पदमा पुगेपछि सपना पूरा गर्ने सोचतिर गएकाले व्यवस्था नै धरापमा पर्ने स्थिति आएको भन्दै उनले जनताका काममा लाग्नुपर्नेमा जोड दिए ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत इलामका गाउँ–गाउँ र सबै वडामा पुगेर जनतासमक्ष सुझाव लिने र उठेका प्रश्नको जवाफ दिने उनले बताए ।‘नेपाली कांग्रेसप्रति जनताको बुझाइ के छ, सरकारले जनताको पिरमर्का कति सम्बोधन गरेको छलगायतका विषयमा अभियान केन्द्रित रहनेछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया