विकास बैंकहरुमा झण्डै २८ प्रतिशतसम्म कर्जा खराब, कुनमा कति ?

लोकपथ
1.7k
Shares

काठमाडौं । विकास बैंकहरुमा झण्डै २८ प्रतिशतसम्म कर्जा खराब देखिएको छ । क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकहरु सञ्चालनमा रहेकोमा हालसम्म १२ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपष्किृत वित्तीय विवरण सार्वजनिक गर्दा एक दशमलव शुन्य पाँच देखि झण्डै २८ प्रतिशतसम्म कर्जा खराब देखिएको हो ।

विकास बैंकहरु मध्येमा सबै भन्दा धेरै खराब कर्जा क्षेत्रियस्तरको नारायणी डेभलपमेन्ट बैंकमा देखिएको छ । गत आवको दोस्रो त्रैमासमा दुई दशमलव ८३ प्रतिशत मात्र कर्जा खराब रहेकोमा नारायणीमा चालु आवको दोस्रो त्रैमासमा खराब कर्जा बढेर २७ दशमलव ७५ प्रतिशत पुगेको छ ।
क्षेत्रियस्तरकै सिन्धु विकास बैंकमा भने पछिल्लो अवधिमा सबै भन्दा कम अर्थात एक दशमलव शुन्य पाँच प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा सिन्धुमा यस्तो कर्जाको अनुपात चार दशमलव ९० प्रतिशत रहेको थियो ।
कामना सेवा र महालक्ष्मी विकास बैंकमा भने पछिल्लो अवधिमा खराब कर्जाको अनुपात ३ दशमलव ४२ र चार दशमलव २१ प्रतिशत रहेको छ । त्यसैगरी साँग्रिला विकास बैंकमा पनि खराब कर्जा देखिएको छ ।

गत आवको सोही अवधिमा भने बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ७० र चार दशमलव ५७ प्रतिशत रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासिक अवधिमा ज्योति र लुम्बिनी बैंकहरुमा भने खराब कर्जाको अनुपात क्रमशः तीन दशमलव ५२, तीन दशमलव ५५ देखिएको छ । गत आवको सोही अवधिमा यी दुई बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ५२, तीन दशमलव २४ प्रतिशत रहेको थियो । त्यसैगरी गरिमा विकास बैंकमा पनि खराब कर्जा देखिएको छ ।

यसैगरी ग्रीन, कर्पोरेट र शाईन रेसुेंगा डेभलपमेन्ट बैंकमा चालु आवको दोस्रो त्रैमासमा क्रमशः चार दशमलव ७०, चार दशमलव ६६ र दुई दशमलव ६२ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ४३, चार दशमलव ५७ र एक दशमलव ३१ प्रतिशत रहेको थियो ।

त्यस्तै मुक्तिनाथ विकास बैंकमा भने पछिल्लो अवधिमा खराब कर्जा बढेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?