फाईनान्सहरुमा २० प्रतिशतसम्म बढ्यो खराब कर्जा, कसको कति ? (सूचीसहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । फाईनान्स कम्पनीहरुमा खराब कर्जा बढेको छ । फाईनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार फाईनान्सहरुमा खराब कर्जा गत आवको सोही अवधिको तुलनामा बढेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार फाईनान्स कम्पनीहरु मध्येमा सबै भन्दा बढी खराब कर्जा जानकी फाईनान्समा देखिएको छ भने सबै भन्दा कम खराब कर्जा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीमा देखिएको छ ।

चालु आवको दोस्रो त्रैमासमा जानकीमा १९ दशमलव ९९ प्रतिशत कर्जा खराब देखिंदा श्री इन्भेष्टमेन्टमा एक दशमलव ९४ प्रतिशत कर्जा खराब देखिएको थियो । गत आवको सोही अवधिमा भने जानकीमा ११ दशमलव १८ प्रतिशत कर्जा खराब देखिंँदा श्री इन्भेष्टमेन्टमा एक दशमलव ३६ प्रतिशत कर्जा खराब देखिएको थियो । रिलायन्स, बेष्ट र मञ्जुश्री फाईनान्समा भने पछिल्लो अवधिमा क्रमशः नौं दशमलव ६७, तीन दशमलव ३२ र तीन दशमलव ५० प्रतिशत कर्जा खराब देखिएको छ ।

गत आवको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ८९, चार दशमलव शुन्य पाँच र दुई दशमलव शुन्य दुई प्रतिशत रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा गोर्खाज, प्र्र्रोग्रेसिभ, मल्टीपर्पस र गुडविल फाईनान्समा भने खराब कर्जाको अनुपात क्रमशः १३ दशमलव ७३, ११ दशमलव ४५, एक दशमलव ४८ र पाँच दशमलव २३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश : छ दशमलव ७६, चार दशमलव ९१, शुन्य दशमलव ३९ र तीन दशमलव ७१ प्रतिशत रहेको थियो ।

यसैगरी आईसीएफसी, पोखरा र नेपाल फाईनान्स पछिल्लो अवधिमा क्रमश दुई दशमलव २१, चार दशमलव ७६ र १० दशमलव ५२ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश: दुई दशमलव ८६, तीन दशमलव ८६ र १४ दशमलव १९ प्रतिशत रहेको थियो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, समृद्धि र सेन्ट्रल फाईनान्समा भने पछिल्लो अवधिमा क्रमश: पाँच दशमलव ४५, चार दशमलव ६८ र नौं दशमलव ४४ प्रतिशत कर्जा खराब रहेको छ ।

गत आवको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव २१, १३ दशमलव ९२ र सात दशमलव ६३ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?