काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खुल्लामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चल्यो ।
प्रधानमन्त्री ओलीको निर्देशन पाएलगत्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य डोजर र दलबलसहित खुल्लामञ्च पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी आचार्य सबै टहरा भत्काइसकेपछि मात्र त्यहाँबाट फर्किएका थिए । त्यसक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य केही केहीबेर देखिएका थिए । तर, पछि अन्तै कार्यक्रम छ भन्दै खुल्लामञ्चबाट बाहिरिएका थिए ।
उता उपमेयर हरिप्रभा खड्की टहरा भइत्काइसक्दा पुगेकी थिइन् ।
मेयर शाक्यले शुक्रबार मात्र खड्कीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।
खड्कीका अनुसार उनले आइतवार यसबारे छलफल राखेकी थिइन् ।
तर, त्यसको अघिल्लो दिन नै प्रधानमन्त्री ओलीको निर्देशनमा डोजर चलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया