रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले आफ्नो पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । 

उज्ज्वल थापा नेतृत्वको पार्टीले पार्टीको नाम विवेकशील राखेको हुँदा अन्यौल र भ्रम हुने भएको आफ्नो पार्टीको नाम विवेकशील साझा पार्टीबाट नाम परिवर्तन गरि साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको मिश्रले बताएका हुन् । 

प्रवक्ता सूर्यराज आचार्यद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘हालैको समयमा पार्टीबाट छुट्टीएर गएका साथीहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरुपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन र धेरै शुभेच्छुकहरुको अनुरोधलाई आत्मसाथ गर्न पार्टीले विवेकशील साझा पार्टीबाट नाम परिवर्तन गरी साझा विवेकशील पार्टी बनाएको हौँ ।’ 

साथै वैशाख ११, १२ र १३ गते पार्टी संयोजक मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आउँदा दिनमा भ्रष्टाचार विरोधी अभियान केन्द्रीत गर्ने र पार्टीमा युवालाई ४० प्रतिशत स्थान आरक्षण दिने निर्णय समेत भएको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?