शितलहर र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर,काठमाडौंमा यो वर्षकै बढी चिसो

लोकपथ
208
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु लाग्नुका साथै शितलहर परेको छ। झन्डै एक महिनालदेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईमा परेको शितलहरका कारण तराइको जनजीवन कष्ठकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार तराईमा अझै केही दिन बाक्लो हुस्सु हट्ने छैन । यता देशभर चिसो बढ्ने क्रम रोकिएको छैन । उपत्यकामा पनि चिसो बढ्दो छ । आज (आइतबार बिहान साढे ६ बजे) काठमाडौंको न्युनतम तापक्रम १ दशमलब ७ डिग्रि सेल्सियस मापन भएको छ । आज उपत्यकाको तापक्रम शनिबारको तुलनामा घटेको हो ।

महाशाखाको अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?