बालबालिकाप्रति भरतपुर संवेदनशील छ : रेनु दाहाल

लोकपथ
56
Shares

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा  महानगरपालिका संवेदनशील रहेको बताएकी छन् ।

प्रहरी नागरिक साझेदारी अभियानको भरतपुर-५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले बालबालिका क्षेत्रमा प्रभावकारी काम गर्दै आइरहेको बताइन् ।

शिक्षाबाट बञ्चित हुन नदिन अटिजम विद्यालय, पक्षाघात भएकालाई भरतपुर-२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको उनले बताइन् ।

यस्तै, बाबुआमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउन महानगर र विद्यालयबीच सम्झौता भएको समेत उनले बताइन् ।

‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ,’ उनले भनिन्, ‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन । संवेदनशील र अवस्थाअनुसार अझै बढी सहयोग गर्नुपर्छ । यहाँहरु खुसी भए पनि म भने खुसी छैन ।’ गर्नुपर्ने काम अझै धेरै रहेको जिकिर उनले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?