टर्कीका राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन

लोकपथ
63
Shares

काठमाडौं । देशको आधिकारिक राजपत्रमा प्रकाशित प्रोटोकलअनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नाटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेका छन् ।

टर्की संसद्ले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने स्विडेनको प्रस्तावलाई अनुमोदन गर्ने विधेयक पारित गरेको दुई दिनपछि एर्दोगानले यो कानुन प्रकाशित गरेका हुन् ।

टर्कीको संसद्ले ग्राण्ड नेशनल एसेम्बलीमा भएको बहसपछि उक्त विधेयकमा मतदान गरेको हो । मतदानमा कुल ३ सय ४६ सांसदले भाग लिएका थिए जसमा पक्षमा २८७, विपक्षमा ५५ र अनुपस्थित चार मत परेका थिए । रुसले २०२२ मा युक्रेनमा आफ्नो सैन्य अभियान सुरु गरेपछि स्विडेन र फिनल्याण्डले नाटोमा सामेल हुन आवेदन दिएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?