सातामा सेयर बजार : नेप्से सुचकसंगै कारोबार रकम पनि खुम्चियो

लोकपथ
182
Shares

काठमाडौं । यो साता सेयर बजार ओरालोमा नैं बितेको छ । साताको सुरुवाती दिन देखि नै सुरु भएको नेप्सेको ओरालो यात्राले साताको अन्तिम कारोबार दिनसम्म निरन्तरता पाएको थियो । जसले गर्दा यो साता नेप्से सुचक संगै सेयर कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ ।

नेप्से सुचक एवं कारोबार रकम दुबैमा गिरावट आउँदा लगानीकर्ता शेयर बजारको घट्दो यात्राप्रति शंसकित देखिएका थिए । लगानीकर्ताहरुले यो साता सेयर बजार घट्नुको प्रमुख कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब अवस्थालाई मानेका छन् । लघुवित्त बाहेकका सबैजसो बैंक तथा वित्तीय संस्थाहरुले यसै साता चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका थिए । वित्तीय विवरणमा एकाध बाहेक सबैजसो बैंक तथा फाईनान्स कम्पनीहरुको खुद मुनाफा घटेको थियो भने खराब कर्जाको मात्रा बढेको थियो । यही कारण पनि यो साता लगातार शेयर बजार ओरालो लागेको लगानीकर्ताहरुको बुझाई थियो ।

लगानीकर्ताहरुको यही बुझाईकाबिच यो साता नेप्से दुई हजार ८४ दशमलव शुन्य नौं अंकमा खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ४६ अंकमा खुम्चिन पुगेको छ । सातामा तीन सय ११ वटा कम्पनीहरुको छ लाख १६ हजार छ सय ६६ पटकको कारोबारमा सात करोड ५४ लाख चार हजार सात सय ८७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम २५ अर्ब ९९ करोड ९९ लाख चार हजार आठ सय ७३ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा पाँच अर्ब रुपैंयाँले कम हो । गत साता ३१ अर्ब ४१ करोड ८२ लाख ४० हजार तीन सय ६४ रुपैंयाँको सेयर कारोबार भएको थियो । कुल तीन सय १४ वटा कम्पनीहरुको सात लाख ४२ हजार ८१ पटकको कारोबारमा नौं करोड ४६ लाख २६ हजार सात सय ६५ कित्ता शेयर खरिद–बिक्री उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से यो साता पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं दिन लगातार घटेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन ३५ दशमलव ६३ अंकले घटेर २१ सय ३० दशमलव १८ अंकमा झरेको नेप्से दोस्रो दिन पुन ३१ दशमलव ४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ अंकमा सिमित हुन पुगेको थियो । तेस्रो दिन पनि शुुन्य दशमलव ४० अंकले घटेर दुई हजार ९८ दशमलव २९ अंकमा खुम्चिएको नेप्से चौंथो दिन पुन १० दशमलव २५ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य चार अंकमा सिमित भएको थियो । यसैगरी पाँचौं दिन पनि नेप्से तीन दशमलव ९४ अंकले घटेर दुई हजार ८४ दशमलव शुन्य नौं अंकमा खुम्चिएको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव ४१ अंकले घटेर तीन सय ८६ दशमलव २० अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन चार दशमलव ८४ अंकले घटेर तीन सय ८१ दशमलव ३६ अंकमा झरेको थियो । तेस्रो दिन पनि शुन्य दशमलव १९ अंकले घटेर तीन सय ८१ दशमलव १७ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि शुन्य दशमलव ७३ अंकले घटेर तीन सय ८० दशमलव ४३ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ९५ अंकले घटेर तीन सय ७९ दशमलव ४६ अंकमा खुम्चिएको थियो ।

यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको बढी रकम कारोबार भयो भने शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भयो । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?