चुनावको मुखमा माओवादीलाई धक्का, पूर्वमन्त्री कांग्रेस प्रवेश

काठमाडौं, ११ कात्तिक : प्रदेश र प्रतिनिधिसभाको मुखैमा नेकपा माओवादी केन्द्रलाई झड्का लागेको छ । पूर्व मन्त्री एबं माओवादी केन्द्रका नेता नन्दन कुमार दत्त नेपाली कांग्रेस प्रवेश गरेका छन्शनिबार आयोजित एक कार्यक्रमबाट उनीसहित, माओवादीका अर्का नेता अवुल अन्सारी तथा दर्जनौं कार्यकर्तालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टी प्रवेश गराए ।  उनीहरु अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा  कांग्रेस प्रवेश गरेको बताइएको छ |आजै देउवाले पोखरामा आयोजित एक कार्यक्रममार्फत पनि राप्रपाका नेतासहितका सयौंलाई पार्टी प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?