प्रदेश १ को १४ जिल्लाबाट २ सय ५ हतियार संकलन

मोरङ । प्रदेश १ मा दुई सय ५ हतियार संकलन गरिएको छ । 

प्रदेश १ का १४ जिल्लाबाट सो हतियार संकलन गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

संघीय सरकारले २०७५ चैत १ मा गरेको निर्णय अनुसार सर्वसाधारणसँग रहेका हतियार संकलन गर्ने गरी आह्वान गरिएको थियो । सोही निर्णय अनुसार हतियार संकलन गरिएको हो ।

संकलित भएको हतियारमा १ सय ३० वटा भरुवा बन्दुकको नाल छन् । ती सर्वसाधारणले आफैँ प्रहरीमा बुझाएका थिए । 

७५ वटा हतियार भने प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको जनाएको छ । 

संकलित हतियारमध्ये ९५ वटा अवैध रहेको प्रहरीले जनाएको छ भने ३७ वटा दर्ता र नवीकरण नगरेका भेटिएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट ३८, पाँचथरबाट ३५, तेह्थुमबाट २८, मोरङबाट १५ र इलामबाट ११ वटा बन्दुक बरामद गरिएको प्रहरी कार्यालय विरोटनगरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?