रिलायन्स फाइनान्स र मेडिप्लस हस्पिटल बिच सहकार्य

लोकपथ
182
Shares

काठमाडौं । रिलायन्स फाइनान्स लि र मेडिप्लस हस्पिटल बिच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका सम्बन्धमा सम्झौतासम्पन्न भएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको हो ।

यो सम्झौतापछि रिलायन्स फाइनान्स लिमिटेडका शेयरधनी, कर्मचारी कर्मचारीका परिवार तथा ग्राहकलाई हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र मेडिप्लस हस्पिटल एण्ट ट्रमा सेन्टर प्रा.लिको तर्फबाट प्रबन्धक सुरेश राज सुवेदीले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरी मिति २०६६/०८/१८ बाट संस्थाको केन्द्रीय कार्यालय प्रदर्शनी मार्गबाट आफ्नो कारोबार सुरु गर्दै आएको यस संस्थाले हाल का.म.न.पा. १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ ।

संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाडौं, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलान्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणिग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरिया कैलाली, दमक झापा, बिर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरी जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नाराका साथ संस्थाका ग्राहकहरूलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरी आकर्षक व्याज प्रदान गर्दे निक्षेप सङ्कलन गर्दे आएको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलार्ई इ–बैंकिङ, एससिटी नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरू, सी आस्वा, आईपिएस, कनेक्ट आईपिएस, एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, समेतका सेवा प्रदान गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?