निरन्तर उकालो लाग्दै बैंकहरुमा खराब कर्जाको ग्राफ : कुनमा कति ? (सूचीसहित)

लोकपथ
1.1k
Shares

काठमाडौं । वाणिज्य बैंकहरुमा खराब कर्जाको ग्राफ निरन्तर उकालो लागेको छ । अर्थतन्त्रको देखिएको मन्दी कै कारण बैंकहरुको कर्जा असुलीमा समस्या देखिँदा खराब कर्जाको ग्राफ उकालो लागेको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुमा अहिले शुन्य दशमलव ७७ देखि झण्डै पाँच प्रतिशतसम्म कर्जा खराब देखिएको छ । सबै भन्दा कम खराब कर्जा एभरेष्ट बैकमा देखिएको छ भने सबै भन्दा बढी खराब कर्जा कुमारी बैंकमा देखिएको छ ।

चालु आवको दोस्रो त्रैमासमा एभरेष्टमा शुन्य दशमलव ७७ प्रतिशत कर्जा खराब देखिँदा कुमारीमा चार दशमलव ९७ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा एभरेष्टमा शुन्य दशमलव ५५ प्रतिशत कर्जा खराब देखिँदा कुमारीमा तीन दशमलव १४ प्रतिशत कर्जा खराब देखिएको थियो । माछापुच्छे« र नेपाल बैंकमा पछिल्लो अवधिमा क्रमश दुई दशमलव ६२ र चार दशमलव ५० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी बैकहरुमा यस्तो कर्जाको अनुपात एक दशमलव ४१ र तीन दशमलव ११ प्रतिशत रहेको थियो । एनआईसी र सानिमामा भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक दशमलव ९१ र एक दशमलव ७२ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शुन्य दशमलव ६१ र शुन्य दशमलव ७७ प्रतिशत रहेको थियो ।

चालु आवको दोस्रो त्रैमासिक अवधिमा प्राईम कर्मसियल, ग्लोबल आईएमई र लक्ष्मी सनराईज बैंकमा भने क्रमशः चार दशमलव शुन्य सात, चार दशमलव ६८ र चार दशमलव ६७ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ८१, दुई दशमलव ९२ र एक दशमलव ५६ प्रतिशत रहेको थियो । यसैगरी एनएमबी, नेपाल एसबिआई र सिटिजन्स बैंक इन्टेशनलमा भने पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ८६, दुई दशमलव ९२ र चार दशमलव शुन्य सात प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव २४, शुन्य दशमलव ४७ र दुई दशमलव ९२ प्रतिशत रहेको थियो । हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकमा भने पछिल्लो अवधिमा क्रमशः चार दशमलव ९५, चार दशमलव ७५ र चार दशमलव ९० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ७७, तीन दशमलव ७७, तीन दशमलव ७१ र एक दशमलव ९८ प्रतिशत रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पछिल्लो अवधिमा सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकमा भने क्रमशः दुई दशमलव ५६, तीन दशमलव ९५ र तीन दशमलव ८० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ८७, दुई दशमलव ७९ र दुई दशमलव ९८ प्रतिशत रहेको थियो । कृषि बिकास र स्टान्र्डड चार्टड बैंकमा भने पछिल्लो अवधिमा क्रमशः तीन दशमलव शुन्य दुई र एक दशमलव ६० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ५२ र शुन्य दशमलव ७२ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुमा हाल कायम रहेको खराब कर्जा (प्रतिशतमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?