काठमाडौं । पाँच दिनदेखिजारी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक आज (शुक्रवार)पनि जारी छ ।
पार्टी कार्यालय बबरमहलमा पाँच दिनदेखि जारी पदाधिकारी समितिको बैठक आजपनि जारी छ । बैठक बिहान ११ बजेबाट बस्दैछ ।
बैठकमा महाधिवेशनबारे छलफल जारी छ ।
यसअघि ६ पार्टी एकीकरण भएपछि दुई वर्षभित्र महाधिवेशन गर्ने विधानमा व्यवस्था थियो । त्यसअनुसार आगामी असारभित्र महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, उक्त अवधिभित्र पनि महाधिवेशन हुने सम्भावना नभएपछि राजपामा महाधिवेशन केहीसम्म गर्न सकिन्छ त्यहि अनुरुप समयसीमा तोक्ने राजपाका महामन्त्री केशव झाले जानकारी दिए ।
बैठकमा तल्लो तहबाटै अधिवेशन सकेर केन्द्रमा महाधिवेशन गर्नुपर्ने सुझाव आएको छ ।
विशेष प्रतिनिधि तोकेर तत्काल महाधिवेशन गर्ने संयोजक शरदसिंह भण्डारीको प्रस्ताव पदाधिकारी समितिका सदस्यहरूले अस्वीकार गरेका छन् ।
भण्डारीले नियमित महाधिवेशन गर्न समय अपुग हुने भएकाले तत्कालका लागि विशेष प्रतिनिधि तोकेर महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।
विशेषभन्दा पनि नियमित महाधिवेशन गरेरै पार्टीलाई अघि बढाउनुपर्ने धारणा अधिकांशले राखेका छन् ।
बैठक आजसम्म चल्ने महामन्त्री झाले जानकारी दिए । बाँकी पदाधिकारीहरूले धारणा राखेपछि महाधिवेशबारे निर्णय हुन सक्ने उनले बताए ।
साथै बैठकमा बोल्ने अधिकांशले सरकारविरुद्ध संघर्षमा जानुपर्ने धारणा समेत राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया