काठमाडौं उपत्यकामा मौसम बदलिसँगै वर्षा

काठमाडौं । मार्च, अप्रिल र मे तीन महिना प्रि–मनसुन चल्ने भएकाले काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । 

स्थानीय यावुको प्रभाव पार्न थालेकाले तीन महिना प्रि–मनसुन हुने मौसमविद् बताउँछन् ।

प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने अपराह्न तथा साँझपख वर्षा हुने महाशाखाले जनाएको छ ।

शुक्रवार बिहानैदेखि काठमाडौं उपत्पकामा भारी वर्षा भइरहेको छ भने देशका अन्य स्थानहरुमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानएको छ । 

देशभर आंशिकदेखि सामान्य बदली रहि देशका पूर्वी भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागका केही स्थानाहरुमा वर्षा भइरहेको हो । 

त्यस्तै बाँकी भू–भागमा भने सामान्यतया मैसम सफा रहने मौसन पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै देशका पूर्वी क्षेत्रका केही स्थानमा अपराह्नतिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?