काठमाडौं । दिउँसो ३ बजे सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ ।
केहीबेरअघि गण्डकी प्रदेशको पोखरा र मधेश प्रदेशको जनकपुरमा मतदान शुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले लोकपथलाई जानकारी दिए । अन्य ठाउँहरुमा पनि मतगणनाको तयारी भइरहेको उनले बताए ।
‘पोखरा र जनकपुरमा मतगणना शुरु भइसकेको छ । अन्य ठाउँहरुमा पनि मतगणनाको तयारी रहेको छ ।’ उनले भने ।
त्यसैगरी आजै बेलुकासम्म नतिजा आउने उनले बताए । बेलुका ७ देखि ८ बजेसम्म नजिता आइसक्ने उनले बताए ।
‘हामी छिट्टै अन्तिम नतिजा दिने तयारीमा रहेका छौँ । बेलुका ७ देखी ८ बजेसम्म अन्तिम नतिजा दिने तयारीमा छौँ ।’ उनले भने ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने गर्दछन् ।
कुल २ हजार ४६ मध्ये २ हजार ३२ जनाले मात्र मतदान गरेको उनले बताए ।
राष्ट्रिय सभाको रिक्त १९ पदपूर्तिका लागि आज निर्वाचन भएको हो । त्यसका लागि ५२ जनाको उम्मेदवारी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया