काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सकिएको छ ।
निर्वाचन आयोग नेपालले तोकेको समय अनुसार दिउँसो ३ बजे सात वटै प्रदेशमा मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।
आगामी पmागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद खाली हुँदैछ । राष्ट्रिय सभा सदस्यको पदावधी सकिनु एक महिना अगावै पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन भएको हो । रिक्त २० मध्ये एक सदस्य राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था रहेको छ ।
१९ पदका लागि ५२ जना चुनावी मैदानमा रहेका थिए ।
सात वटै प्रदेशमा मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएसँगै आजै मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया