काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान अन्तिम अवस्थामा पुगेको छ ।
हालसम्म प्रदेश सभा सदस्यहरुले मतदान गरिसकेका छन् । भने पालिकाका २ जनप्रतिनिधिले मतदान गर्न बाँकी रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य रहेका छन् । जसमध्ये ५२ जनाले मतदान गरिसकेका छन् । गत असार ५ गते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि प्रदेश सभामा कायम रहेका ५२ जनाले नै मतदान गरिसकेका छन् ।
अब धनगढी उपमहाहनगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवाले मतदान गर्न बाँकी रहेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेश सभा सदस्य ओम विक्रम भाट सरलले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार धनगढीका मेयर हमालको फोन स्वीचअफ रहेको र तिरुवा बिरामी भएको भन्ने जानकारी आएको छ ।
सुदूपश्चिमका ९ जिल्लामा गरी कुल ८८ वटा स्थानीय तह रहेका छन् । जसमध्ये बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएसँगै सुदूरपश्चिममा स्थानीय तहका १७५ जना जनप्रतिनिधि रहेका छन् । त्यसमध्ये १७३ जनाले मतदान गरिसकेका छन् भने २ जना बाँकी रहेको छ ।
१९ सिटका लागि भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट ३ जना चुनिँदैछन् । जसका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया