बालेनले गरे राष्ट्रियसभा निर्वाचन बहिस्कार

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका छन् ।

हेटौँडामा बिहान ९ बजेबाट मतदान जारी रहेको छ । तर मेयर शाह कार्यव्यस्तताको कारण मतदानमा सहभागि नहुने मेयर शाहको सचिवालयले जनाएको छ ।

यता उपमेयर सुनिता डंगोल भने बिहानै हेटौँडा पुगिसकेकी छिन् ।

त्यसो त गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मेयर बालेनले प्रदेश सभातर्फको मतदान बहिस्कार गरेका थिए । उनले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकमा मतदान गरे पनि प्रदेश सभामा मतदान गरेका थिएनन् ।

आज राष्ट्रिय सभा निर्वाचन हुँदैछ । १९ सिटका लागि देशभर ५२ जनाको उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४ सिटका लागि निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?