होसियार !  नियम विपरीत सिमकार्ड बिक्री–वितरण गर्दै हुनुहुन्छ, परिएला प्रहरी फन्दामा

काठमाडौं । तपाईं कतै नियम विपरित सिमकार्ड बिक्री वितरण गरिरहनुभएको छैन नी ? सिम कार्ड बिक्री वितरणलाई निरन्तरता दिइरहनुभएको छ त्यो काम आजबाटै छाड्नुहोस् । नत्र प्रहरीको फन्दामा पर्नसक्नुहुन्छ । 

प्रहरीले नियम विपरीत सिमकार्ड बिक्री–वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

अनधिकृत रुपमा सिमको प्रयोग गरेर अपराध गरेको देखिएकाले प्रहरीले नियम विपरित सिमकार्ड बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको हो । 

महानगरीय अपराध महाशाखाको टोलीले नयाँ बसपार्क र बालाजु क्षेत्रबाट दोलखाका ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाललाई नियन्त्रणमा लिएको हो ।

सिमकार्डको दुरुपयोग गरी बिक्री गरिरहेको अवस्था प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले नेपाल टेलिकमको १० थान र एनसेलको २६ थान सिमकार्ड बरामद गरेको छ । 

उनीहरुविरुद्ध प्रहरीले दुरसंचार ऐन २०५३ अनुसार अनुसन्धान शुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?