सरकारले गर्यो एनआरएनएको विवाद छानबिन गर्न समिति गठन

लोकपथ
63
Shares

काठमाडौं । एनआरएनएको विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवादको छानबिन गर्न एक समिति गठन गरेको हो ।

सरकारले महान्यायाधिवक्ताको कार्यालयका सह-महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा)सदस्य रहेको छानबिन समिति गठन गरेको छ ।

उक्त समितिलाई संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले समयावधि दिएको छ ।

एनआरएनएको अधिवेशनमा गत कात्तिक ३ मा सार्वजनिक मत परिणाममा धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?