वाणिज्य बैंकको अवस्था सुधारतर्फ

लोकपथ
481
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकका वाणिज्य बैंकहरुको अवस्था सुधारतर्फ अघि बढेकाले ऋणको माग बढाउन ध्यान दिनुपर्ने बताएका छन् ।राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले केही घाटामा गएको देखिए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै बैंकहरुलाई आश्वस्त पारे ।

गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बैंक धेरै आरोह अवरोह पार गरेर अहिलेको स्थितिमा आइपुगेको बताए । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको पहलमा यो संस्थालाई पुनःस्थापना गरिएको भन्दै उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गइरहेको भनाइ राखे ।

उनले भने, ‘अहिले राष्ट्रिय वाणिज्य बैंकलगायत सबै वाणिज्य बैंकहरुको आर्थिक अवस्था निकै राम्रो हुँदै गइरहेको छ । नेपालका बैंकहरु अलिकति घाटामा गएको जस्तो देखिन्छ । हाम्रा अर्थतन्त्रका सूचकहरु नै यस्तै भएर हो । नेपालको क्रेडिट विस्तारै बढ्ला जस्तो हामीले देखेका छौं । त्यसैले हामीले पोलिसी रेट पनि घटाउने गरेका छौं । नेपाल राष्ट्र बैंकको आधार दर आठ प्रतिशत कायम गरेका छौं ।’

नेपाल राष्ट्र बैंकले मासिक, त्रैमासिक, अर्धवार्षिक प्रतिवेदनहरु सार्वजनिक गरिरहेको बताउँदै यसले अर्थतन्त्र सुधार हुँदै गइरहेको देखिएको उनले दाबी गरे ।उनले भने, ‘अब अन्य वाणिज्य बैंकहरुले पनि अब १०.१० प्रतिशतको आधारदरभित्रै ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । यसले कर्जाको माग पनि बढ्दै जाने हामीले विश्वास लिएका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?