१८ फाल्गुन २०८०, शुक्रवार

एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि सम्झौता

२०८०,माघ,१०,बुधबार १२:००

36
Shares

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । यस साझेदारी अन्तर्गत, एस २४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५ सय जनाले आफ्नो ईच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने भएका छन् ।

सामसङ नेपालले गत शुक्रबारबाट नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।

एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौं ।’

सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरु प्रदान गर्दछ ।

एस २४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन् । ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइट मार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्छन् ।

माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०८०,माघ,१०,बुधबार १२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा

काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ताजा समाचार

बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०
भ्रमण वर्षले चितवनको पर्यटन प्रवर्द्धन टेवा
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:२५