एलजीका शोरुमहरु पुनः शुभारम्भ

लोकपथ
416
Shares

काठमाडौं । एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु पुन संचालनमा ल्याईएको छ । कम्पनीका शोरुमहरुलाई विश्वस्तरियस्तरमा अपग्रेड गरि संचालनमा ल्याईएको हो ।

एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रुपमा कम्पनीका शोरुम शुभारम्भ गरेका हुन् ।

एलजी शपि शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु उपलब्ध छन्। ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका विद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् । यी शोरुमहरु हप्ताको सातै दिनखुल्ला रहने कम्पनीेले जनाएको छ । कम्पनीको शोरुम जावलाखेल, मिनभवन, सितापाइला, चाबहिल, कान्तिपथ, इमाडोल र बिराटनगरमा रहेका छन् ।

साथै कम्पनीले एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, शुन्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी प्रोगामको पनि सुविधा दिने भएको छ । यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी, फ्री इन्स्तलेशन (एलजी सर्टिफाईड) सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?