इरान, युएई र प्यालेस्टाइन एएफसी कपको अन्तिम १६ मा

लोकपथ
650
Shares

काठमाडौं । एएफसी एशिया कप फुटबलमा समूह सीबाट इरान र युएईले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरणको अन्तिम खेलमा इरानसँग युएई पराजित भएपनि युएई दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भयो । अर्को खेलमा प्यालेस्टाइन हङकङलाई पराजित गर्दै उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।

मंगलबार राति भएको खेलमा इरानले युएइलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इरानलाई जीताउन मेहदी तारेमीले दुवै गोल गरे । उनले २६औं र ६५औं मिनेटमा सरदार अजमुनको पासमा गोल गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा याहाया अल घसानीले युएईका लागि गोल गरेपनि हार टार्न भने पर्याप्त भएन । यस्तै, यही समूहमा रहेको प्यालेस्टाइनले हङकङमाथि ३–० गोल अन्तरको जीत दर्ता गरको छ । प्यालेस्टाइनका लागि ओडी डबागले २ गोल गर्दा जइद कुनवरले एक गोल थपेका थिए ।

इरान तीन खेलबाट शतप्रतिशत जीत निकाल्दै अन्तिम १६ मा पुग्दा युएई भने एक जित एक बराबरी र एक हारका साथ ४ अंक लिएर दोस्रो स्थानमा रहँदै अन्तिम १६मा प्रवेश गरेको छ । प्यालेस्टाइनको पनि युएइकै अंक रहे पनि गोल अन्तरमा पछि पर्दा उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६मा पुगेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?