झन्-झन् खस्किंदै फाईनान्सहरुको वित्तीय अवस्था, कुनको अवस्था कस्तो छ ? (सूचीसहित)

लोकपथ
416
Shares

काठमाडौं । फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था झन् झन् खस्किंदै गएको देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरु मध्ये हालसम्म १५ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश फाईनान्सको खुद मुनाफा घटेको छ भने झण्डै आधा दर्जन फाईनान्सहरु खुद नोक्सानीमा गएका छन् । अर्थतन्त्र सुस्त हुँदा फाईनान्स कम्पनीहरुको निक्षेप र कर्जा प्रवाह संगै कर्जा असुलीमा समस्या उत्पन्न हुँदा पछिल्लो समय फाईनान्सहरुको वित्तीय अवस्था खस्किएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा रिलायन्स, प्रोगेसिभ, गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ, समृद्धि र सेन्ट्रल फाईनान्सले खुद नोक्सानी बेहोरेका छन् । यि फाईनान्सहरुले पछिल्लो अवधिमा क्रमश पाँच करोड ४७ लाख ६५ हजार, १० करोड ५७ लाख ५० हजार, छ करोड ७० लाख ३० हजार, दुई करोड १३ लाख ४५ हजार र चार करोड ७५ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।

गत आवको सोही अवधिमा भने रिलायन्स, प्रोगेसिभ र समृद्धिले क्रमशः तीन करोड ८४ लाख ९६ हजार, एक करोड ३० लाख २५ हजार र सात करोड ३३ लाख ७० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका थिए । उक्त अवधिमा गुहेश्वरीले ७२ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने सेन्ट्रलले तीन लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चालु आवको दोस्रो त्रैमासमा जानकी फाईनान्सले १९ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा जानकीको यस्तो नाफा एक करोड ४५ लाख ९२ हजार रुपैयाँ रहेको थियो । बेष्ट, मञ्जुश्री र गोर्खाज फाईनान्सले भने चालु आवको पछिल्लो अवधिमा क्रमशः एक करोड आठ लाख ४७ हजार, १० करोड ५४ लाख ७१ हजार र १२ करोड १६ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः ९७ लाख दुई हजार, १३ करोड ६५ लाख २९ हजार र छ करोड ७१ लाख ५७ हजार रुपैयाँ रहेको थियो । मल्टिपर्पस, गुडविल र आईसीएफसी फाईनान्सले भने चालु आवको पछिल्लो अवधिमा क्रमश: एक करोड १२ लाख ४९ हजार, दुई करोड २८ लाख ८५ हजार र पाँच करोड ३२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यि फाईनान्सहरुको यस्तो नाफा २३ लाख ३१ हजार, चार करोड ५९ लाख ४३ हजार र तीन करोड ९१ लाख ६५ हजार रुपैयाँ रहेको थियो । पोखरा, नेपाल फाईनान्स र श्री इन्भेष्टमेन्ट फाईनान्सले भने पछिल्लो अवधिमा क्रमश: दुई करोड ९० लाख ५४ हजार, आठ लाख १२ हजार र दुई करोड ५६ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाईनान्सहरुको यस्तो नाफा क्रमशः तीन करोड ५५ लाख ७५ हजार, ४७ लाख ३१ हजार र दुई करोड सात लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?