२० मङ्सिर २०८०, बुधबार

धादिङ बस दुर्घटना : परिवारै सखाप, यस्तो कसैलाई नहोस्

२०७४,कार्तिक,११,शनिवार १५:२४

0
Shares

 राजविराज, ११ कात्तिक – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको आज बस दुर्घटनामा परी मृत्यु भएको छ दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूलीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताए राष्ट्रिय वाणिज्य बैंक , गौशाला शाखा काठमाडौँमा प्रबन्धकका रूपमा कार्यरत झासहित उनकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए । संजितका परिवारका पाँचजना र साला र सालीको पनि मृत्युभएको हो उनीहरू राजविराजबाट छुटेको ना ६ ख १४६७ नंको सन्देश बसमा चढेर जाँदै गर्दा आज बिहान त्रिशूलीमा खसेपछि बसमा सवार संजीत, उनका भाइ, पत्नी, दुई छोरा र साला, साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् । अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १५:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार