मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ ।

यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू मंगलबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त माग, सुझाव र अनुभूतिहरूसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको र त्यही विषयमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले यात्राका क्रममा विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेश गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध एजेण्डाहरु जस्ताको त्यस्तै सरकारसम्म पु-याएको जनाएको छ ।

‘मध्यपहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरु ठप्प भएको देखिएको छ । बजेट विनियोजनमा विभेद भएको, भूकम्पपछिको पुनस्थापनामा सरकारले ध्यान पु-याउन नसकेको, बसाइँसराई तीब्र रुपमा बढिरहेको जस्ता गुनासाहरु आएका थिए,’ उपमहासचिव ज्ञवालीले भने, ‘यी र अन्य सयौँ विषयहरु प्रधानमन्त्रीसमक्ष प्रस्तुत ग
रेका छौँ ।’
उनले एमालेको यात्रालाई देशभरिबाट उत्साहजनक जनसमर्थन मिलेको भन्दै आफूहरुले त्यसलाई गणतन्त्र र वर्तमान संविधानको पक्षमा आएको समर्थन भनेर बुझेको बताए ।ज्ञवालीका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले एमालेले यात्राका क्रममा संकलन गरेका सुझावहरूलाई सरकारले गम्भीररुपमा ग्रहण गर्ने बताएका थिए । उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले एमालेले दिएका सुझावहरु, मागहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?