पुन: ३० अर्ब रुपैयाँको अधिक तरलता खिच्दै राष्ट्र बैंक

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलता खिच्नको लागि माघ नौ गते मंगलबार पुन: ३० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्वारा पुन: ३० अर्बको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

परिपक्व हुुने अवधि १४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी माघ २३ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोग गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?