प्रधानमन्त्री कप क्रिकेट : पुलिस शीर्ष स्थानमा

लोकपथ
364
Shares

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको विभागीय डर्वीमा एपीएफलाई नेपाल पुलिस क्लबले ५८ रनले पराजित गरेको छ । सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा सोमबार भएको खेलमा फराकिलो जित निकाल्दै पुलिस क्लब शीर्ष स्थानमा फर्किएको हो ।

मूलपानी मैदानमा कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको वाग्मती फेरि दोस्रो स्थानमा झरेको छ । पुलिसले अपराजित यात्रा कायम राख्दै ४ खेलमा ८ अंक बनाउँदा दोस्रो स्थानमा रहेको वाग्मती प्रदेश ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।पुलिससँग पराजित एपीएफ भने ४ खेलबाट ४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।

भैरहवामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा १४५ रन बनाएको थियो । पुलिसका दिलिप नाथले सर्वाधिक ४४ रन बनाउँदा अर्जुन साउदले ३१ रन जोडे । यसैगरी शंकर रानाले २२ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाएका थिए ।बलिङतर्फ एपीएफका भुवन कार्कीले सर्वाधिक ३ विकेट लिँदा अमर रौटेला र रमेश कुर्मीले दुई –दुई विकेट हात पारे । यस्तै, पुरन विक, रोहित पौडेल र मौसम ढकालले एक–एक विकेट लिए ।

१४६ रनको लक्ष्यसहित मैदान उत्रिएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो । एपीएफका सन्दीप जोराले नटआउट २५ रन बनाउँदा अमर रौटेलाले २३ रन बनाए । प्रज्वल शाहीले १३ रन बनाउँदा अरु कुनै पनि खेलाडी चल्न सकेनन् । कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मीले खाता नै खोल्न असफल भए । प्रदीप ऐरी र भुवन कार्कीले चार–चार रन बनाउँदा सुमित महर्जन २ तथा पुरन विक १ रनमा पभेलियन फर्किए ।

एपीएफलाई रोक्ने क्रममा ललित राजवंशीले ५ विकेट लए । ८ ओभर बलिङ गर्दा ४ ओभर मेडन राखेर ८ रन खर्चिएका थिए । यसैगरी रसिद खानले २ विकेट दिँदा सागर ढकालले १ विकेट हात पारे ।भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको विभागीय डर्वीमा एपीएफलाई नेपाल पुलिस क्लबले ५८ रनले पराजित गरेको छ । सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा सोमबार भएको खेलमा फराकिलो जित निकाल्दै पुलिस क्लब शीर्ष स्थानमा फर्किएको हो ।

मूलपानी मैदानमा कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको वाग्मती फेरि दोस्रो स्थानमा झरेको छ । पुलिसले अपराजित यात्रा कायम राख्दै ४ खेलमा ८ अंक बनाउँदा दोस्रो स्थानमा रहेको वाग्मती प्रदेश ६ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ ।
पुलिससँग पराजित एपीएफ भने ४ खेलबाट ४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।

भैरहवामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा १४५ रन बनाएको थियो । पुलिसका दिलिप नाथले सर्वाधिक ४४ रन बनाउँदा अर्जुन साउदले ३१ रन जोडे । यसैगरी शंकर रानाले २२ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाएका थिए ।
बलिङतर्फ एपीएफका भुवन कार्कीले सर्वाधिक ३ विकेट लिँदा अमर रौटेला र रमेश कुर्मीले दुई –दुई विकेट हात पारे । यस्तै, पुरन विक, रोहित पौडेल र मौसम ढकालले एक–एक विकेट लिए ।

१४६ रनको लक्ष्यसहित मैदान उत्रिएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो । एपीएफका सन्दीप जोराले नटआउट २५ रन बनाउँदा अमर रौटेलाले २३ रन बनाए । प्रज्वल शाहीले १३ रन बनाउँदा अरु कुनै पनि खेलाडी चल्न सकेनन् । कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मीले खाता नै खोल्न असफल भए । प्रदीप ऐरी र भुवन कार्कीले चार–चार रन बनाउँदा सुमित महर्जन २ तथा पुरन विक १ रनमा पभेलियन फर्किए ।

एपीएफलाई रोक्ने क्रममा ललित राजवंशीले ५ विकेट लए । ८ ओभर बलिङ गर्दा ४ ओभर मेडन राखेर ८ रन खर्चिएका थिए । यसैगरी रसिद खानले २ विकेट दिँदा सागर ढकालले १ विकेट हात पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?