काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पदाधिकारी समितिको बैठक आज पनि जारी छ ।
तीनदिन देखि जारी राजपा पदाधिकारी समितिको बैठक आज (बुधवार) बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी भएको हो ।
बैठकमा महाधिवेशनको विषयमा केन्द्रीय भएको राजपा महामन्त्री केशव झाले जानकारी दिए ।
उता अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले नियमित वा एकता महाधिवेशन गर्न प्रस्ताव राखेका थिए ।
जसमा अध्यक्ष मण्डलका छ सदस्यबीच दुइ धार देखिएको छ ।
महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्र राय यादव र अनिल झा नियमित महाधिवेशनको पक्षमा छन् भने भण्डारी र राजेन्द्र महतो एकता महाधिवेशनका पक्षमा छन् ।
पदाधिकारी बैठकमा नियमित महाधिवेशनमा जाँदा पार्टी बलियो नहुने र मतभेद कायम रहिरहने भएकाले पहिले एकता महाधिवेशन गर्नुपर्ने धारणा भण्डारी र राजेन्द्र महतोको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया