पुनः १० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार

लोकपथ
312
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः १० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जारी मिती माघ नौ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् । यसरी बिक्री गरिने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब ४९ करोड रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन ११ गते र २०८१ बैशाख ११ गते तोकिएका छन् ।

यि ट्रेजरी बिलहरुमा ९१ दिने अवधिको पाँच अर्ब ४९ करोड रुपैयाँ मध्ये पाँच अर्बको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतका रहेको राष्ट्र बैंकको भनाई छ । गत साता पनि राष्ट्र बैकले १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?