संसद बैठक क्यालेण्डर अनुसार चलाउन सभामुखलाई सुझाव

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाको विषयगत समितिका सभापतिहरुले संसदको बैठक नियमित क्यालेण्डर अनुसार सञ्चालन गर्न सभामुख देवराज घिमिरेलाई सुझाव दिएका छन् ।

आज विभिन्न विषयगत समितिका सभापतिहरुसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेलाई त्यस्तो सुझाव दिइएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई क्यालेण्डर बनाएर सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिएको जानकारी दिए ।

‘सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरको रुपमा यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेण्डर बनाएर जान सकियो भने त्यो पनि उपयुक्त हुन्छ,’ सभापति खतिवडाले भने ।

त्यस्तै बैठकमा कुनै मुख्य विषयमा एउटै समितिमा बसेर छलफल गर्न सहज हुने भन्ने विषयमा समेत छलफल भएको उनले बताए । एउटै विषय फरक फरक समितिमा छलफल गर्दा मन्त्रीहरु जान नभ्याउने भन्दै एक समितिमा छलफल गर्नुपर्ने बताए ।

‘यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो,’ सभापति खतिवडाले भने, ‘एकैदिन तीन–चार वटा समितिमा बोलाउँदा मन्त्रीहरुले नभ्याउने, कतै गयल हुने भन्ने लगायतमा पनि छलफल भयो ।’

सभामुख घिमिरेले प्रतिनिधि सभाका विभिन्न विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?