१७ मङ्सिर २०७९, शनिवार

बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने

२०७४,कार्तिक,११,शनिवार १५:१९

0
Shares

राजविराज, ११ कात्तिक: राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग आज साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताउनुभयो यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा (एमाले) सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्नुभएको छ । दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ यस्तै एमालेले पनि सप्तरीले पनि मृतकप्रति श्रद्वाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने
 २०७९,मङ्सिर,१७,शनिवार ११:५२
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५