झम्सिखेलमा एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम

लोकपथ
494
Shares

काठमाडौं ।  वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम ललितपुरको झम्सिखेलमा संचालनमा ल्याएको छ ।

एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्य इनर्जीले झम्सिखेलमा दोस्रो शोरूम संचालनमा ल्याएको हो ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर रहेको छ ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुने पहिलो सर्भिस सेन्टर पनि गत साताबाट संचालनमा ल्याएको थियो ।

झम्सिखेलको शोरूम लगत्तै फाल्गुनभित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा आउनेछ भने चार महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?