‘कम्युनिष्टका लागि दलाल पुँजीवाद प्रधान अन्तरविरोधी’

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्टका निम्ती दलाल पुँजीवाद प्रधानअन्तरविरोधी भएको दाबी गरेका छन् ।

पार्टी विभागले भक्तपुरको नगरकोटमा सुरु गरेको आवासीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता खनालले अहिलेको प्रधानअन्तरविरोधी भनेको दलाल पुँजीवाद नै भएको प्रष्टाएका हुन् ।

‘हामीले आजको दिनमा प्रधानअन्तरविरोध पत्ता लगाउनुपर्छ । वर्तमान अवस्थामा मुख्यतय तीनवटा अन्तरविरोध छन् । साम्राज्यवाद, प्रभुत्ववाद र दलाल पुँजीवाद । यस हिसाबका आधारमा हाम्रो अहिलेको प्रधानअन्तरविरोध दलाल पुँजीवाद नै हो ।’

नेता खनालले ‘नेपाली कम्युनिष्ट आन्दोलनः विगत र वर्तमान’ विषयक शीर्षकमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा मार्क्सवादी दर्शन, नेपाली चरित्रको समाजवाद, आजको विश्व परिवेशमा नेपाली राजनीति, संगठन आदीलगायतका विषयमा प्रशिक्षण दिइने पार्टी केन्द्रीय सदस्य तथा विभाग सचिव अशेष घिमिरेले बताए ।

कार्यक्रममा पार्टीका नेताका साथै जनवर्गीय संगठनका ४५ जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?