सलमानको ‘दबंग ३’ मा शाहरुखको प्रवेश हुने चर्चा

एजेन्सी । सलमान खान आफ्नो चलचित्र ‘भारत’को प्रमोसन साथै  ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् यतिवेला। यही क्रममा ‘दबंग ३’ लाई लिएर अर्को खबर बाहिरिएको छ । फिल्ममा बलिउडका ‘किङ्ग खान’ शाहरुख खानको प्रवेश हुने चर्चा छ । 

निकै लामो समयसम्म बोलचाल बन्द गरेका यी दुई सुपरस्टारको दोस्ती केही वर्ष अघिदेखि निकै घनिष्ट बनेको छ । एकअर्काको फिल्मको बारेमा सामाजिक सञ्जालमा चर्चा गर्नेदेखि एकअर्काको फिल्ममा केमियो समेत गरिरहेका छन् उनीहरु ।

सन् २०१७ मा प्रदर्शनमा आएको सलमानको फिल्म ‘ट्यूबलाइट’ मा शाहरुखले केमियो गरेका थिए भने शाहरुखको गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जीरो’ को एक गीतमा सलमान शाहरुखसँग नाचेका थिए । 

एक भारतीय अखबारले जनाएअनुसार सलमान खानको ‘दबंग ३’ मा शाहरुखले केमियो गर्ने लगभग पक्कापक्की भइसकेको छ । 

सलमान खान अहिले आफू अभिनित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएसँगै निकै चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?