२९ सहसिचवको सरुवा : काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

लोकपथ
3.2k
Shares

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव प्रदिप परियारलाई दिएको छ ।

आज सामान्य प्रशासन मन्त्रालयले २९ सहसचिवको जिम्मेवारी सरुवा गर्दै परियारलाई काठमाडौं महानगरपालिकामा सरुवा गरेको हो ।

परियार हाल राष्ट्रिय योजना आयोगका सहसचिव रहेका थिए । त्यसो यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ ।

अधिकारीले काठमाडौं महानगरपालिकामा रहँदा केही व्यक्तिहरुलाई जागिर खुवाउन सहजिकरण गरेको भन्दै मेयर बालेन शाह उनीसँग असन्तुष्ट रहेका थिए । मेयर शाह असन्तुष्ट बनेपछि उनको कार्यकक्षमा ताला समेत लगाइएको थियो । मेयर बालेनको निर्देशनमा बिदामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?