२० वर्षको उमेरमा पनि प्रेमीसँग बालबालिकाको जस्तो व्यवहार गर्ने अनौठो जीवनशैली

लोकपथ
429
Shares

काठमाडौं । भनिन्छ साना बालबालिकाको जीवन सबै भन्दा राम्रो जीवन हो । किनभने बालबालिकाहरुमा कुनै पनि चिन्ता हुँदैन । उनीहरुलाई केहि चिजको आवश्यक भए रोइदिए पुग्ने हुन्छ । सबै मिलेर फकाउने मनाउने गर्छन् ।

यसले गर्दा बालबालिका जीवन भनेको सबै भन्दा आनन्दको जीवन मानिन्छ । उमेर बढेसँगै समस्याहरुले घेर्दै लैजान्छ । तर युवा उमेरमा पनि अमेरिकाको केन्टकीकी एक युवती बालबालिकाको जस्तो जीवन बिताइरहेको तथ्य सार्वजनिक भएको छ ।

मिरर वेवसाइटको रिर्पोट अनुसार २० वर्षकी म्याक्स उनी आफ्नो ३१ वर्षका प्रेमि जोनीसँग केन्टकीमा बस्छिन् । ति दुवै जना डीडीएलजी सम्बन्धमा बस्न मनपराउँछन् । डीडीएलजी अर्थात् (गर्लफ्रेन्ड लिभ लाइक बेबी) प्रेमिकाले सानो बच्चा जस्तो गरेर व्यवहार गर्ने र प्रेमिले पिता जस्तो गरेर उसको रेखदेख गर्ने गर्छ । साधारण भाषामा भन्ने हो भने उनीहरु सम्बन्धलाई फरक अर्थ दिएर कायमै राख्न चाहान्छन् । यो जोडिले यो सम्बन्धमा कुनै किसिमको गलत नभएको बताएका छन् । उनीहरु गम्भीर भएर यसरी नै बाँचिरहेका छन् ।

प्रेमिका म्याक्स आफ्नो प्रेमि जोनीलाई ड्याडी भनेर सम्बोधन गछिन् । म्याक्सका अनुसार उनी आफुलाई ५ वर्षको बच्चा सोच्ने र हरकत पनि त्यस्तै खालको गर्ने गर्छिन् । खेलौनासँग खेल्ने, प्रेमिसँग पार्कमा जाने, बोतलमा दूध पिउने जस्ता क्रियाकलापहरु गर्ने गर्छिन् । कतिपटक उनलाई प्रेमिले बच्चाहरुको किताब पढेर सुताउने पनि गरेका छन् । प्रेमिकालाई यस्तो जीवनबाट आराम मिल्ने गरेको उनी बताउछिन् ।
बारक्रफ्ट टिभीसँग कुरा गर्दै जोनीले भनेका छन्, ‘यो जिन्दगीको मतलब भनेको खालि रंगको किताबमा रंग भर्नु जस्तो हो । जसमा उनलाई प्रेमिकाले रंग दिएकी छिन् र उनले आफ्नो हिसाबले रंग भर्ने सक्ने बताएका छन् । म्याक्सका अनुसार उनीहरु दुवै जना बराबर छन् । उनी कहिलेकाँही बच्चाको स्वरमा कुरा गर्छिन् ।

यी बाहेक उनीहरुले आफ्नो लागि केहि नियम पनि बनाएका छन् । जुन अन्य व्यक्तिहरुका अनुसार हुने गरेका छन् । जसमा सधँै बिहान ११ बजे उठ्नैपर्ने र आफ्नो लागि आफैँ काम पनि खोज्नुपर्ने ।

उनीहरुले यो जीवनशैलिको बारेमा पहिलो पटक इन्टरनेटबाट थाहा पाएर आफ्नो जीवनमा लागू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?