नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको काठमाडौंमा दुई वटा नयाँ शाखाहरु

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाडै नै अरु थप शाखाहरु खोल्ने समेत उनले जानकारी गराए ।

हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५५ वटा एटीएम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?