कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिने मन्त्रिपरिषद्को निर्णय

लोकपथ
351
Shares

काठमाडौं । मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेकोे छ ।

सिंहदरबारमा आज बसेको बैठकले उपप्रधान एवं रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेकोे हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक जिम्मेवारी तोकिएको हो ।

यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले ग्रिन हाईड्रोजन नीति पनि पास गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?