काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निजी निवास बुढानिलकण्ठ सरेका छन् ।
देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा मर्मतको काम भएकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आइरहेका थिए ।
देउवा २०७८ साल असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएका थिए । २०७९ साल पुस १३ गते देउवा बालुवाटारबाट धुम्बाराही सरेको थिए ।
६ महिनामा मर्मत सकिने भनिए पनि लामो समयसम्म मर्मत नसकिँदा देउवा धुम्बाराहीमै बस्दै आएका थिए । मर्मत सकिएसँगै उनी आज आफ्नै निजी निवास फर्किएको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले लोकपथलाई जानकारी दिए ।
आगामी माघ २१ गते देउवा पुत्र जयवीर विवाह बन्धनमा बाधिँदैछन् । सोही मेसोमा देउवा आफ्नो निजी निवास सरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया