नसर्ने रोग सम्बन्धमा मन्त्रालयको कार्यदिशाबारे संसदीय समितिमा छलफल

लोकपथ
35
Shares

काठमाडौं । नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती र आगामी कार्यदिशा सम्बन्धमा राष्ट्रिय सरोकार समितिमा छलफल भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यसबारे छलफल गरिएको हो ।बैठकमा समिति सभापति दिलकुमारी रावलले स्वास्थ्य बिमालाई विस्तार गर्नुको विकल्प नरहेको बताइन् ।उनले स्वास्थ्य बिमालाई केही प्रावधानहरु सुधार गरेर स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने हिसाबले अगाडि बढाउनु पर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘हाम्रो जस्तो देशको लागि स्वास्थ्य बिमा एकदमै राम्रो हो तर स्वास्थ्य बिमामा उत्साहित भएर नागरिकहरु सहभागी हुँदैनन् । बिमाबापत दिने सेवा खस्कँदो छ । त्यसको नवीकरणको समस्या पनि देखिएको छ । स्वास्थ्य बिमालाई हामीले विस्तार गर्नैपर्छ । कुनै विकल्प छैन ।’

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालमा निश्चित औषधिबाहेक अरु सिफारिस गर्न नपाउने बनाएको बताए । उनले भने, ‘कहिलेकाँहि आर्थिक स्वार्थ र व्यक्तिगत स्वार्थले गर्दा औषधिहरु धेरैथरी लेख्ने कारणले गर्दा समस्या हुने गरेको छ । सरकरी अस्पतालमा अहिले हामीले कमिटीबनाएर निश्चितबाहेक लेख्न नपाउने भनेर नीतिगत रुपमा पास गरिसकेका छौं । कतिपय अस्पतालमा त्यो लागू हुँदैछ ।’ केन्द्रीय अस्पतालको दरबन्दी १५ हजारदेखि १६ हजार तुरुन्तै चाहिने अवस्था रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?