काठमाडौं । आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतवार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सरकारले आइतवार वार्ताको आह्वान गर्दै पत्र पठाएको पुष्टि गर्दै सरकारको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए ।
उनले अब सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेर अघि बढिने बताए । उनका अनुसार सम्भवतः भोलि पार्टीको बैठक बसेर पार्टीको तर्फबाट वार्ता टोलीको नाम तय गरिनेछ ।
नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया